Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15
75 मध्य 71 देखि 75 सम्म देखाउदै।
book
सुन्दरनन्दको रामायण

भीमसेन थापाको समयमा लेखिएको यो रामायण लेखोटका रूपमा डेढ शताब्दीसम्म एक जना नैष्टिक ब्राह्मणका घरमा पुजाकोठामा पूजिएर बसेको थियो। भीमसेन थापाको पतनपछि केही समयलाई नेपालका मुख्तियार (प्रधानमन्त्री) भएर बसेका रङ्गनाथ गुरुज्यू (पौडेल) का परिवारजनहरू त्यसपछि भागेर गई राजधानीबाट धेरै पर दुर्गम सिसौट गाउँ (तत्कालीन रौतहट) मा लुकेर बसेका थिए। त्यो लेखोट किताप पनि उनीहरूसँगै त्यता पुगेको थियो।  २०१५  सालमा गुरुज्यूका वंशज जमिन्दार मदनमोहन पण्डितजीले  त्यस पुस्तकको महत्व बुझी  सुरक्षण होस् भनी मदन पुरस्कार पुस्तकालायमा उपहार गर्नुभएको हो। त्यो काम उहाँके भतिजा  नवराज शर्माको शिफारिसमा भएको थियो। नवराजजी पछि राष्ट्रिय पञ्चायतमा रौतहटबाट निर्वाचित पनि हुनुभएको थियो। यस रामायणका बारेमा मैले गर्व गर्नुपर्ने कुरा के भने यो वृहत्‌कृति लेख्ने व्यक्तिको हुलिया मैले नै पत्ता लगाएको हुँ। त्यसअघि यो कल्ले लेख्यो भन्ने कुरा न सिसौटका गुरुज्यूहरूलाई थाहा थियो न त  सोधनी गरिहेर्दा पनि  योगी नरहरिनाथ या बाबुराम आचार्यले क्यै प्रकाश पारिदिनसक्नुभएको थियो। आखीरमा मैले नै त्यो समस्या सुल्झ्याएँ, यस कृतिका लेखक  सुन्दरानन्द बाँडा हुन् भनेर। त्यो कसरी गरियो भन्ने कुरा मैले त्यसको भूमिका खुलाएको छु,यहाँ बेलिबिस्तार नलाऊँ

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Sundaranandako Ramayan अनलाईन हेर्नुस
 
 
book
हितैषी

मेरा २१ ओटा लेख र निबन्धहरू जोरेर जगदम्बा प्रकाशनले २०५८ मा यसलाई प्रकाशित गरेको हो। यसको भूमिका लेख्ने नगेन्द्रराज शर्माले यसका बारेमा भन्नुभएको छ: “कतिपय विशिष्ट व्यक्तिहरुको प्रशंसा र गुणगानले ओतप्रोत यी निबन्धहरूमा कतिपय व्यक्तित्वहरूको साधारण चर्चा मात्र छ तर निन्दा चर्चा वा छिद्रान्वेषण भने कसैको छैन”। नभन्दै यी २१ ओटै लेखहरू ती ती व्यक्तित्वका शब्दचित्रण मात्र हुन्। अन्वेषण होइनन्, शोध-निबन्ध होइनन्। यसमा चर्चा गरिएका मान्छेहरू कुनै उहिल्यै दिवङ्गत भैसकेका पादरी गंगाप्रसाद जस्ता महापुरुष छन् भने कुनै अझै कलम चलाउँदैका राधिका राया या प्रकाश सायमी छन्। तीर्थप्रसाद ढुङ्गाना र रुद्रराज पाण्डेयसँग मदनशमशेर र विष्णुमणि आचार्य पनि साथसाथै पढिन्छन् यसमा, सबै प्रशंसायुक्त भएर।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५८
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Hitaisi अनलाईन हेर्नुस
 
 
book
हृदय हुन्

यो किताप पनि २०४३ सालमै प्रकाशित भएको हो। विभिन्न विषयका मेरा २७ ओटा निबन्ध समेटिएका छन् यसमा। ती सबै एकै स्तरका पनि छैनन्। त्यसै भएरै होला यसको भूमिका लेख्दा कृष्णचन्द्रसिंह प्रधानले मलाई निकै प्रशंसा गरेर पनि अन्त्यमा भनिदिनुभएको छ—“लेखिएका जति संगालिनु नै पर्छ भन्ने ममताप्रति अलि कठोर पनि हुन सकेको भए अझ कति उत्तम हुन्थ्यो होला।“

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४३
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Hirdaya_Hun अनलाईन हेर्नुस
 
 
book
१९९ यौटा ठट्टा

“१९९ यौटा ठट्टा”, “२०२ ओटा ठट्टा” र “यौटा ठट्टा- २०१ परिकार”। २०५४ असार, २०६१ असार र २०६६ साउनमा निक्लेका मेरा यी तीनै ओटा कृति पाटन रोटरी क्लबले प्रकाशित गरेको हो। क्लबको साप्ताहिक बुलेटिन “ललितधारा” को संपादक रहंदा हप्तैहप्ता मैले “यौटा ठट्टा” भन्ने स्तम्भमा एउटा सानो चुटकिलो हाल्नैपर्थ्यो। यताउता खोजेर ल्याई त्यस्ता ठट्टालाई नेपाली परिवेशमा ढालेर, मिलाएर म ‘ललितधारा’ मा हाल्थें। त्यसलाई रोटरीमा निकै मन पनि पराउँथे। त्यसैले त्यसरी जम्मा भएका ठट्टाहरू बिटो पार्दै प्रत्येक ४\५ वर्षमा रोटरीले यौटा सानो पुस्तक निकाल्थ्यो र त्यो बेचेर क्लबले आफ्नो ‘कल्याणकोष’ मा अलिअलि रकम जम्मा गर्ने गर्थ्यो। तर, हालै प्रा. ज्ञाननिष्ट ज्ञवालीले ती त ‘ठट्टा’ होइन् लघुकथाहरू पो हुन् भनी तिनीहरूको संपादन गरी मलाई आख्यानकारका रूपमा प्रस्तुत गर्दै रत्न पुस्तक भण्डार मार्फत् पुस्तकहरू प्रकाशित गराउँदै छन् भन्ने बुझेको छु ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६१
प्रकाशक : पाटन रोटरी क्लब, नारायणी होटल, ललितपुर
भागहरु
199 -Youta Thatta अनलाईन हेर्नुस
 
 
book
२०२ ओटा ठट्टा

२०५४ असार, २०६१ असार र २०६६ साउनमा निक्लेका मेरा यी तीनै ओटा कृति पाटन रोटरी क्लबले प्रकाशित गरेको हो। क्लबको साप्ताहिक बुलेटिन “ललितधारा” को संपादक रहंदा हप्तैहप्ता मैले “यौटा ठट्टा” भन्ने स्तम्भमा एउटा सानो चुटकिलो हाल्नैपर्थ्यो। यताउता खोजेर ल्याई त्यस्ता ठट्टालाई नेपाली परिवेशमा ढालेर, मिलाएर म ‘ललितधारा’ मा हाल्थें। त्यसलाई रोटरीमा निकै मन पनि पराउँथे। त्यसैले त्यसरी जम्मा भएका ठट्टाहरू बिटो पार्दै प्रत्येक ४\५ वर्षमा रोटरीले यौटा सानो पुस्तक निकाल्थ्यो र त्यो बेचेर क्लबले आफ्नो ‘कल्याणकोष’ मा अलिअलि रकम जम्मा गर्ने गर्थ्यो। तर, हालै प्रा. ज्ञाननिष्ट ज्ञवालीले ती त ‘ठट्टा’ होइन् लघुकथाहरू पो हुन् भनी तिनीहरूको संपादन गरी मलाई आख्यानकारका रूपमा प्रस्तुत गर्दै रत्न पुस्तक भण्डार मार्फत् पुस्तकहरू प्रकाशित गराउँदै छन् भन्ने बुझेको छु ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६१
प्रकाशक : पाटन रोटरी क्लब, नारायणी होटल, ललितपुर
भागहरु
202 Youta Thatta अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15
75 मध्य 71 देखि 75 सम्म देखाउदै।