Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 1415 
75 मध्य 66 देखि 70 सम्म देखाउदै।
book
सँगालो

यस कितापमा मेरा १४ निबन्ध छन्, र ती चौधै ओटालाई ‘नियात्रा’ भनिदिन सकिन्छ। यसमा म निकै ‘उफ्रिएको’ छु। भन्नाले, नेपाल भित्रकै पाटन र नेपालगञ्ज, भारतका गुजरात र राजस्थान, सिक्किम भाग्सू र बद्री-केदार हुँदै बर्मा (म्यान्मार) सम्म र अझ पर बाली द्वीप र दक्षिण अमेरिकाको ब्युनर्स आयर्ससम्म पुगेको वर्णन यसमा समेटिएका छन्। यसमा भूमिका कृष्णप्रसाद पराजुलीले लेख्नुभएको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५७
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Sangalo अनलाईन हेर्नुस
 
 
book
सग्लो अक्षर

२०४८ सालमा प्रकाशित यो किताप ‘यस्तो पनि’ र ‘कालो अक्षर’ को परम्परा धानेजस्तै गरी १३ ओटा मात्र निबन्ध, ती पनि सबै शोधखोज-वाला नै, समेटेर निस्केको छ। ‘सग्लो अक्षर’ भन्ने पैलो निबन्ध चाँही  मैले नाति नभई निष्पक्ष भएर, आफ्ना बाजे (हजुर्बा) राममणि आ.दी.-का बारेमा उहाँको ‘हलन्त वहिस्कार’ आन्दोलनको को नालीबेली कोट्याएर लेखेको छु। अरू निबन्ध इतिहासवरिपरि नै घुमेका छन्। यौटा त नेपालबाट पञ्जावकेशरी महाराज रणजित सिंहका दरबारमा गएको कूटनैतिक ‘मिसन’ को जाहेरी छ ऐतिहासिक। यसमा भूमिका डा. तुलसी भट्टराईको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४८
प्रकाशक : जगदम्बा प्रकाशन, श्रोदरबारटोल, ललितपुर
भागहरु
Saglo-Akshar अनलाईन हेर्नुस
 
 
book
साइबर भानु

डा. चूडामणि बन्धुले भूमिका लेखेको यो कितापमा मेरा २० ओटा निबन्ध छन्। र सबै जसो ती निबन्धहरू भाषा र साहित्य वरिपरिनै रङ्मङिएका छन्, केही समालोचनात्मक भएर र केही वर्णनात्मक भएर। यसमा एक जना सिपाही, देवीप्रसाद पौडेलले लेखेको भनिएको ‘सुन्दरीजल’ कविता वास्तवमा महाकविको हो भनेर जिरह गरिएको समेत पढ्न पाइन्छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५७
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
साइबर भानु भाग १ अनलाईन हेर्नुस
साइबर भानु भाग २ अनलाईन हेर्नुस
साइबर भानु भाग ३ अनलाईन हेर्नुस
साइबर भानु भाग ४ अनलाईन हेर्नुस
 
 
book
सानबाबुका चराहरू

“सान्बाबुका चराहरू”। बङ्गाली लेखिका .....भौमिकको बालकथा “बाबुयेर पाखिरा” भन्ने कितापको मूल बाङ्लाबाटै गरेको अनुवाद हो यो। मेरो छोरा कनकको आग्रहमा मैले यो अनुवाद गरेको थिएँ २०६० मा र यसलाई  रातो बङ्बला किताबले प्रकाशित गरेको थियो (?)।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : रातो बङ्गला किताब
भागहरु
Sanbabuka Charaharu अनलाईन हेर्नुस
 
 
book
सुक्ति सिन्धु

१९७५ सालतिर छापिएर अत्यन्त लोकप्रिय भै शासकहरूको आँखामा चढेको र प्रतिबन्धित भएको पुस्तक थियो श्यामजीप्रसाद अर्ज्यालले प्रकाशित गरेको श्रृङ्गार रसको पुस्तक ‘सूक्तिसिन्धु’। कितापै नदेखी, नपढी भन्थे र सुन्थेंका भरमा  एकैसाथ अति प्रशंसित र अतिनिन्दित यो किताप मैले फेला पारेपछि जगदम्बा प्रकाशनमालाको ४९सौं फूल बनाइ “सूक्तिसिन्धु-फेरि” प्रकाशित गरिदिएँ २०२४ सालमा। प्रकाशित गर्दा मैले यसका पक्ष र विपक्षमा बोल्ने (लेख्ने) दुई जना विद्वान्‌का विचारधाराहरू पनि समावेश गरिदिएको थिएँ। त्यसपछि त्यहाँ मेरो अलि लामै प्रकाशकीय छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Sukti Sindhu अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 1415 
75 मध्य 66 देखि 70 सम्म देखाउदै।