Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 12 1314 15 
75 मध्य 61 देखि 65 सम्म देखाउदै।
book
रोटरीका कुरा

२०४५ सालमा यो किताप पाटन रोटरी क्लबले प्रकाशित गरिदिएको हो। त्यस क्लबले ऐलेसम्म यसका ५ संस्करण निकालिसकेको छ अनेकौं संशोधन सहित। यो किताप नेपालीमा रोटरीका विषयमा लेखिएको पहिलो पुस्तक हो भनिन्छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४५
प्रकाशक : पाटन रोटरी क्लब
भागहरु
Rotarika Kura अनलाईन हेर्नुस
 
 
book
ललितधारा पाटन रोटरी क्लब

Lalit Dhara Patan Rotari Clube.pdf

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : पाटन रोटरी क्लब, ललितपुर
भागहरु
Lalit Dhara Patan Rotari Clube अनलाईन हेर्नुस
 
 
book
विद्यादेवी दीक्षित-- एउटा कथा

विद्यादेवी दीक्षित मेरो आमा। २०४१ सालमा उहाँको स्वर्गवास भयो। उहाँको पैंतालीस दिनको श्रद्धको हवसरमा मैले यो पुस्तिका लेखेर बाँडेको थिएँ। छोरा भएर हैन, ‘परचक्री, जनैक साहित्यिक मात्र भएर’ परोक्ष रूपबाट यो लेखेको थिएँ भन्ने मेरो दावी छ। त्यो ‘कथा’ को प्रारम्भ नै यसरी गरिएको छ: “ ऐउटा कथा हालूँ। एकादेशमा एक जना अचम्मकी आमा थिइन्।“

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४१
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Eauta Katha BIdhyadevi Dixit अनलाईन हेर्नुस
 
 
book
शकुन्तला नाटक

२०२३ साल कार्तिकमा ‘दोस्रो संस्करण’ भनेर फूर्ती गर्दै बाक्लो गातामा सजधजका साथ प्रकाशित भएको यो किताप ऊ बेला निकै चर्चित पनि भएको थियो। ३०० पृष्ठको पुस्तकमा  संपादकीय र प्रकाशकीय गरी ३० पृष्ठ त मैले नै ओगटेको रहेछु! हुन पनि मोतीराम भट्टका कुनै नाटक देख्न नपाएका त्यस बेलाका हामीहरूका लागि यो अत्यन्त महत्वपूर्ण कुरा थियो।  मैले भन्नुपर्ने कुरा पनि धरै नै थिए, साधारण पाठकका लागि र एम ए-का विद्यार्थीहरूका लागि समेत। कति मीनमेख गरेर लेखेको रहेछु मैले ऐले  हेर्दा अचम्म लाग्छ!

पुस्तक लेखक : शम्भुप्रसाद ढुंग्याल
प्रकाशक : साझा प्रकाशन
भागहरु
Sakuntala Natak अनलाईन हेर्नुस
 
 
book
शाखा सन्तान

माथि चर्चा गरिसकिएका “कागतीको सिरप”  “चार कन्था” जस्तै तीपछि मैले लेखेका गोरखापत्र-विषयक लेखहरूको एकमुष्ठ सँगालो हो यो।गोरखापत्रका विभिन्न पक्ष र पाटाहरूको विश्लेषण भएका छन् यसमा।यसमा सानो भूमिका भारतदत्त कोइरालाको छ।यी कोइरालाजी गोरखापत्रको कार्यकारी अध्यक्ष भएका बेला म पनि उनको बोर्डमा दुई वर्ष जति सदस्य थिएँ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६१
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Shakha Santhan अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 12 1314 15 
75 मध्य 61 देखि 65 सम्म देखाउदै।