Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 1213 14 15 
75 मध्य 56 देखि 60 सम्म देखाउदै।
book
माद्यमिक नेपाली पद्य

“माध्यमिक नेपाली पद्य (मानवमूल्यका कविताहरू)”।  त्रि. वि.ले मसँग भन्यो “हामीले ‘बुइँगल’का ५ जना कविहरूलाई हाम्रो पाठ्यक्रमा  हालेका छौं, तिनलाई मात्र राखेर माध्यमिककालको पद्यको एक किताप संपादन गरिदिनुहोस्”। मैले ५ जनामा मात्र  सीमित भएर माध्यमिक काललाई बुझाउन सकिंदैन भनें र ८ जना कविलाई समेटेर “मानवमूल्यका कविता” भन्ने नाम राखी यौटा किताप तयार पारिदिएँ। त्रि.वि. को नेपाली विभागले त्यसलाई मान्यो र आफ्नो स्नातकोत्तर पढाईको पाठ्यक्रममा समावेश गर्यो । त्यसलाई साझा प्रकाशनले २०४६ सालमा पहिलो पटक प्रकाशित गरेको थियो। पछि त्यसका अरू संस्करण भए कि भएनन् मलाई थाहा छैन।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : साझा प्रकाशन
भागहरु
Madhyamik Nepali Padya अनलाईन हेर्नुस
 
 
book
मुडखुले बाहुन

हामी मणि या दिक्षित भनिने परिवार मुडखुले हौं, अर्थात् बालाजु माथि, मुडखु गाउँ (अचेलको गोलढुङ्गा गाविस) का रैथाने ब्राह्मण।यो विशेषण चाँहि सरदार नरेन्द्रमणिले प्रयोग गर्नुभएको हो सन् १९५०मा आफ्ना बारेमा कुरा गर्दा कलकत्तामा।२०६१ सालमा प्रकाशित यो कितपमा गणेशबहादुर प्रसाईले भूमिका लेख्नुभएको छ।यसमा जम्मा १६ ओटा मात्र निबन्ध छन र ती सबैजसो कुनै-न-कुनै व्यक्तिकै विषयमा केन्द्रित छन्।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६१
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
मुडखुले बाहुन अनलाईन हेर्नुस
 
 
book
मोतीराम भट्टको प्रियदर्शिका नाटिका

२०१६ सालमा प्रथम प्रकाशित भएको यो पुस्तक  मोतीरामको प्रकाशित पहिलो नाटक पनि हुनपुगेको थियो। त्यसै हुँदा भरखरै खुलेको त्रिभुवन विश्वविद्यालयको  एम ए नेपाली  पढाइका लागि यो ‘कोर्सबुक’ (पाठ्यपुस्तक) नै छानिएको थियो। कतिसम्म भने, सुनेको कुरा हो,  ‘प्रियदर्शिका’ पढाउँदा  त्यस बेलाका प्रोफेसरसाहेबहरू भन्थे रे “ नाटकमा धेरे कपाल दुखाउनुपर्दैन, दीक्षितको भूमिका रामरी पढ, पुग्छ!” हुन पनि, मैले त्यो भूमिका लेख्न निकै मेहनत गरेको थिएँ । त्यो लेख्न मलाई पूरै ६ महिना लागेको थियो।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Motiram Bhattako piryadarshika Natika अनलाईन हेर्नुस
 
 
book
यस्तो पनि

यो मेरो नामबाट प्रकाशित पहिलो किताप हो। मदन पुरस्कार पुस्तकालय (मपुपु) खडा भएपछि  त्यहाँ बसेर त्यहीं भएका किताप, कागजपत्रहरू हेर्दा पढ्दा नयाँ जस्ता लागेका कुराहरू टिप्न थालियो। त्यस्ता ती केही कुरालाई समेटेर मैले यौटा लेख लेखें, मेरो पहिलो गद्यलेख। त्यो मैले ‘शारदा’ मा छाप्न दिएको, छापियो। त्यसैबाट हौसिएर म लेख्दै छपाउँदै गएँ। त्यस्ता लेख १२ ओटा जम्मा भएपछि यौटा कितापै प्रकाशित गर्ने जोश उठ्यो।  त्यसमा भूमका लेख्न कालिम्पोङका रामकृष्ण शर्मालाई अनुरोध गरेको उहाँले मान्नुभयो। त्यही भूमिकाका साथ “यस्तो पनि” छापिएर आयो बनारस बाट २०१४ सालमा। 

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०१३
प्रकाशक : मदन पुरस्कार पुस्तकालय
भागहरु
Yasto_Pani अनलाईन हेर्नुस
 
 
book
यौटा ठट्टा- २०१ परिकार

२०५४ असार, २०६१ असार र २०६६ साउनमा निक्लेका मेरा यी तीनै ओटा कृति पाटन रोटरी क्लबले प्रकाशित गरेको हो। क्लबको साप्ताहिक बुलेटिन “ललितधारा” को संपादक रहंदा हप्तैहप्ता मैले “यौटा ठट्टा” भन्ने स्तम्भमा एउटा सानो चुटकिलो हाल्नैपर्थ्यो। यताउता खोजेर ल्याई त्यस्ता ठट्टालाई नेपाली परिवेशमा ढालेर, मिलाएर म ‘ललितधारा’ मा हाल्थें। त्यसलाई रोटरीमा निकै मन पनि पराउँथे। त्यसैले त्यसरी जम्मा भएका ठट्टाहरू बिटो पार्दै प्रत्येक ४\५ वर्षमा रोटरीले यौटा सानो पुस्तक निकाल्थ्यो र त्यो बेचेर क्लबले आफ्नो ‘कल्याणकोष’ मा अलिअलि रकम जम्मा गर्ने गर्थ्यो। तर, हालै प्रा. ज्ञाननिष्ट ज्ञवालीले ती त ‘ठट्टा’ होइन् लघुकथाहरू पो हुन् भनी तिनीहरूको संपादन गरी मलाई आख्यानकारका रूपमा प्रस्तुत गर्दै रत्न पुस्तक भण्डार मार्फत् पुस्तकहरू प्रकाशित गराउँदै छन् भन्ने बुझेको छु ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६६
प्रकाशक : पाटन रोटरी क्लब, ललितपुर
भागहरु
Youta Thatta 201 Parikar1 अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 11 1213 14 15 
75 मध्य 56 देखि 60 सम्म देखाउदै।