Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 1112 13 14 15 
75 मध्य 51 देखि 55 सम्म देखाउदै।
book
मदन गाथा

यसमा नयाँ निबन्ध कुनै छैनन् भने हुन्छ किनभने, जर्नेल मदनशमशेर र रानी जगदम्बाका विषयमा मैले अरू कितापहरूमा प्रकाशित गरिसकेका निबन्धहरूलाई बिटो पारेर यो किताप निकालेको हो हिमाल किताबले।पैले दुईटा किताप “खलङ्गा” (मदनशमशेरबारे) र “डबल असर्फी” (रानीसाहेबबारे) निकाल्ने भनेर डायमनशमशेर र जगदीशशमशेरबाट भूमिका पनि लेखाइसकेकोमा ‘हिमाल’ ले नै तिनलाई एउटै बनाएको हो, केदारशर्माले संपादन गर्ने गरेर। यी सबै कुराको खुलासा मैले कितापमै ‘लेखकको थप’ भनेर शुरुमै लेखेको छु।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६०
प्रकाशक : मदन पुरस्कार पुस्तकालय
भागहरु
Madan Gatha अनलाईन हेर्नुस
 
 
book
मदन गौरव

Madan Gourab

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : मदन पुरस्कार पुस्तकालय
भागहरु
Madan_Gourab अनलाईन हेर्नुस
 
 
book
मदन पौरख

“मदन सौरभ”, मदन गौरव” र “मदन पौरख” २०३१, २०३६ र २०४० सालमा प्रकाशित यी तीन कितापइहरू  साच्चैका किताप नभएर सूचीपत्र मात्र हुन्। पहिलोमा मपुपु-मा त्यस बेलासम्म जम्मा भएका ६००० जति पुस्तकहरूका अकारादिमा सूचीकृत नाम र विवरणहरू मात्र चन्। दोस्रोमा त्यस्तै मपुपु-मा भएका १६०० जति पत्रपत्रिकाहरूको विवरण छन्। तेस्रो ‘ मदनपौरख’ मा २०४० मा त्यस्तै मपुपु-मा त्यसबेलासम्म संकलित पुस्तकका करीव २५०० लेखक कविहरूका नामनमेसी दिइएका छन्। यिनमा मेरो आफ्नो विशेष क्यै छैन, छोटा छोटा प्रकाशकीयबाहेक।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
मदन पौरख भाग १ अनलाईन हेर्नुस
मदन पौरख भाग २ अनलाईन हेर्नुस
मदन पौरख भाग ३ अनलाईन हेर्नुस
मदन पौरख भाग ४ अनलाईन हेर्नुस
मदन पौरख भाग ५ अनलाईन हेर्नुस
मदन पौरख भाग ६ अनलाईन हेर्नुस
 
 
book
महाचीन

“मैले समग्र किताप लेखेकै छैन” भनेर म कैलेकाँही धाक लगाउँछु, मेरा कितापहरू केवल निबन्धहरूका सँगाला मात्र हुन् भन्ने अर्थमा। तर, मेरो त्यस्तो दावालाई यो “महाचीन” ले खण्डन गरिदिन्छ। किनभने, २०५४ सालमा हामी दम्पतीले चीनको दशदिने भ्रमण गरेको वर्णन नै छ यो ‘महाचीन’ मा। १८ ओटा निबन्धमा बाँडिए पनि ती निबन्धहरू एउटा कितापका अध्याय या परिच्छेद जस्ता लाग्छन्। यसमा सत्यमोहन जोशीले आफ्नो छोटोमिठो भूमिका मलाई जस दिंदै यस पुस्तकलाई “नौलो उपलब्धि” भनी थपमा यसलाई ‘छिमेकी देश चीनका बारेमा विविध क्षेत्रमा जानकारी दिने... पठनीय र ज्ञातव्य सामग्रीहरू भएको एउटा लघु सूत्रवत् अमूल्य कृति’ भन्नुभएको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५५
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Mahachin अनलाईन हेर्नुस
 
 
book
महानन्द पुरस्कार झापा

Mahannad Puraskar Jhapa

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Mahannad Puraskar Jhapa
महानन्द पुरस्कार झापा अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 9 10 1112 13 14 15 
75 मध्य 51 देखि 55 सम्म देखाउदै।