Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 9 1011 12 13 14 15 
75 मध्य 46 देखि 50 सम्म देखाउदै।
book
बेलम्बरी

Belambari.pdf

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६०
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Belambari अनलाईन हेर्नुस
 
 
book
भन्ने कुरा

२०३१ सालमा निस्केको यो पुस्तक केवल मैले ७४\७५ ओटा पुस्तहरूका बारेमा लेखेका समालोचना, समीक्षा या परिचयहरू बटुलेर बिटो पारिएको यौटा संग्रह हो। तर, त्यसको लामो भूमिका त्रि.वि.का नेपाली विभागका अध्यक्ष वासुदेव त्रिपाठीले लेखेका थिए। त्यो विस्तृत भूमिकामा त्रिपाठीजीले मलाई अलि बढी प्रशंसा गरेर लेखे भनेर उसै बेला पुष्कर लोहनीले पत्रिकाहरूमा र पछि पुस्तकै लेखेर पनि आलोचना गरेका थए।र त्यसको खूब चर्चा पनि भएको थियो। ऐले पोखराका एकजना प्राध्यापक यस पुस्तकको दोस्रो भाग निकाल्ने भनी लागेका छन्। मैले अन्यत्र लेखेका अरू एक सय जति यस्तै सामग्री उनले जम्मा पारिसकेका छन् अरे। तर त्यसरी दोस्रो भाग प्रकाशित गर्दा लामा जति एउटामा र छोटा सबै अर्कामा पार्ने अनि दुबैको नाममा पनि सामान्य फेरफार गर्ने उनको योजना छ। मैले त्यसमा आफ्नो स्वीकृति पठाइसकेको छु।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०३१
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Bhanne Kura अनलाईन हेर्नुस
 
 
book
भवदीय फलानो

२०५२ सालमा जगदम्बा प्रकाशनमालाको सत्तरीऔं ग्रन्थका रूपमा प्रकाशित यसमा मेरा २० ओटा निबन्ध समेटिएका छन्। ती निबन्धहरू धेरैजसो आत्मपरक छ्। कुनै नियात्रा अनि केही त समालोचनात्मक हुँदाहुँदै शोधपरकसम्म हुनपुगेका छन्। भनूँ,छ्यासमिस छन्। तर प्रत्येकको नालीबेली कोट्याउनुभएको छ यसका भूमिका-कार रमा शर्माले।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५२
प्रकाशक : जगदम्बा प्रकाशन,श्रोदरबारटोल, ललितपुर
भागहरु
Bhawadiya_Phalano अनलाईन हेर्नुस
 
 
book
भानु विचरण

२०५६ सालमा  भानु जन्मस्थल विकास समितिले प्रकाशित गरेको यो किताप मैले आदिकवि भानुभक्त आचार्य बारे २०१३ सालदेखि नै विभिन्न समयमा लेखेका लेख रचनाहरूको एकमुष्ठ सँगालो हो। यसभित्रका अरू निबन्धहरू त पहिले नै कतै छापिइसकेका हुन् तर “आदिकवि भानुभक्त” फिलिम बनाउँदाका मेरा अनुभव भने सबै पहिलोपटक यसमा  छापिएका हुन्। त्यो फिलिम भानु जन्मस्थल विकास समितिले नै निर्माण गरेको हो तर मेरो नाम पनि त्यसमा निर्माताका रूपमा राखिएको थियो। त्यसबाहेक मैले त्यसमा भानुभक्तका बाजे, श्रीकृष्ण आचार्यको भूमिकामा अभिनय समेत गरेको थिएँ। त्यसबारेका मेरा अनुभवहरू पनि विस्तारसाथ मैले त्यहाँ लेखेको छु। यस कितापमा भूमिका नरहरि आचार्यले लेख्नुभएको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५६
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
भानु विचरण अनलाईन हेर्नुस
 
 
book
म.पु.पु.-को पाना

त्रैमासिक ‘नेपाली’ को पृष्ठ २ मा नियमित झुल्किने मेरो स्तम्भ “मदन पुस्कार पुस्तकालयको पाना” हरू (पूर्णांक १५ देखि १२५ सम्म)-को एकमुष्ठ सँगालो हो यो किताप, २०४८ सालमा मपुपु-ले नै प्रकाशित गरेको। यसमा विस्तृत भूमिका शिव रेग्मीले लेख्नुभएको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४८
प्रकाशक : मदन पुरस्कार पुस्तकालय
भागहरु
म.पु.पु.-को पाना भाग १ अनलाईन हेर्नुस
म.पु.पु.-को पाना भाग २ अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 9 1011 12 13 14 15 
75 मध्य 46 देखि 50 सम्म देखाउदै।