Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 8 910 11 12 13 14 15 
75 मध्य 41 देखि 45 सम्म देखाउदै।
book
बाघपञ्जा

२०४३ सालमा प्रकाशित यो किताप मेरा २१ ओटा निबन्धहरू बोकेर आएको थियो। यसको भूमिका लेखेका थिए डा. तारानाथ शर्माले। लेखनाथ पौडेल, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला र पारसमणि प्रधानका विषयमा विशेष र अरू कवि-लेखकहरूका बारेमा सामान्य हिसाबले संस्मरण, समालोचना सम्मान प्रदर्शन गरेर मेरा यी निबन्धहरू लेखिएका छन्। र मेरो समालोचकीय शैली शास्त्रीय नभएर आत्मपरक या व्यक्तिगत पाराको छ भन्ने प्रमाणित गर्छन् यिनले।  यस पुस्तकभित्र २०४३ साल वैशाखमै वासुदेव शर्मा लुइँटेलले प्रकाशित गरिदिएको मेरो बीपी कोइराला सम्बन्धी ‘तीन झलक’ भन्ने सानो पुस्तिका पनि समाहित छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४३
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Bagpanja अनलाईन हेर्नुस
 
 
book
बाजेको बिहे

मेरा बाजे, आफूबा, राममणिको बिहे १९५२ सालको  जेठमा भएको रहेछ। त्यस बिहेको निम्ता छापाखानामा मुद्रित भएको थियो। त्यो निम्ता कार्ड “नेपालमा पहिलो छापिएको निमन्त्रणा पत्र” हो भन्ने दावा हजुर्बुवाको थियो। त्यसै कुरालाई प्रकाश पारेर लेखिएको मेरो यौटा लेखको आधारमा यो कितापको न्वारान भएको छ। अरू पनि त्यस्तै पुराना कुराहरू खोजेर तयार गरिएका निबन्ध रचनाहरूको सँगालो हो २०६८ सालमा प्रकाशित भएको यो किताप । डा. तीर्थप्रसाद मिश्रले यस कितापका बारेमा भूमिकामा भन्नुभएको छ:  ” इतिहासका मौलिक स्रोत उपलब्ध गराएर नेपाली इतिहास लेखनविधालाई विकसित गर्न” सहायता गर्ने र  “ऐतिहासिक महत्व राख्ने अनेक दस्तावेजहरू समेत सङ्ग्रहित” छन् यस पुस्तकमा।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६८
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Bajeko bihe अनलाईन हेर्नुस
 
 
book
बिर्सेको सम्झेको

मेरो आत्मकथा हैन यो पुस्तक।तर मेरो किशोरावस्थासम्मको सत्यकथाले भरिएको छ २०४०मा प्रकाशित यो २८२ पेजी किताप।म आफू र मेरो परिवारका साथै मणि-फेटका नामले चिनिने दीक्षितहरूको घर ‘ठूलो घर’को पूरै नालिबेली यस पुस्तकमा पढ्न सकिन्छ। त्यसबाहेकयसमा तत्कालीन राणा-दरबारको परिवेश पनि हेर्न बुझ्न पाइन्छ। किनभने राणा जर्नेल मदन शमशेरको निवास श्रीदरबारको चोटाकोठा चहार्न पाउने मत्यहाँको रैथाने जस्तै भएको थिएँ १०\१२ वर्ष।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४१
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Samjheko Birseko अनलाईन हेर्नुस
 
 
book
बुईँगल (1rt ed)

मैले धेरै श्रम र समय लगाउनु परेको मेरा संपादित कृतिमा यो किताप पनि पर्छ।  र अझै यस कितापले मेरो समय लिन छाडेको छैन। २०१७ सालमा जम्मा १९० जति कबिहरू मात्र दिन समर्थ ‘बुइँगल’ २०५० मा चौथो संस्करणमा पुग्दा २६० जना कविलाई समेट्न सफल भएको थियो। अझ (प्रकाशित हुन निकै ढिलाएको) पाँचौ संस्करणमा त अरू ५० जना जति अरू कविहरू थपिएका छन्। त्यतिले नपुगेर, पछि मैले शरत्‌चन्द्र शर्मा र घटराज भट्टराईसँग संयुक्त भएर (‘कशघ’ भई) २०५३ सालमा प्रकाशित गरेका “एउटा  अर्को बुँइँगल” र “बुइँगलको एउटा बाकस” मा गरेर त अरू (२०६ + १२० गरी) जम्माजम्मी ३२६ जना कविहरू एकत्रित भैसकेका छन् “बुइँगल” भित्र। यो क्रम अझ रोकिएको छैन। “बुइँगल” का कविहरूलाई पढ्नेभन्दा यसको भूमिका नै पढ्ने सल्लाह दिन्छन् रे  ऐले पनि त्रि.वि।–को एम  ए कक्षाहरूमा! यसेको सन्दर्भमा भन्नु पर्ने कुरा के  भने २०४५ सालमा त्रि.वि. नेपाली विभागका प्रमुख डा. वासुदेव त्रिपाठीले  “बुइँगल” को संक्षिप्त संस्करण निकालिदिने अनुरोध गर्नुभयो। (यसपछिको नं. ५ को पुस्तक)।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : साझा प्रकाशन
भागहरु
बुईँगल अनलाईन हेर्नुस
 
 
book
बुकी सुन

२०३६ सालमा प्रकाशित यस कितापमा जम्मा २२ ओटा लेख छन्। र ती सबै अनुसन्धानात्मक या शोधखोज-वाला छन्। तर, अनुसन्धानात्मक हुँदाहगुँदै पनि तिनमध्ये धेरैले साहित्यिक कृतिहरूको विश्लेषण र समीक्षा नै गरेका देखिन्छन्। यसै भएर होला यस पुस्तकको भूमिका लेख्दा पनि डा. वासुदेव त्रिपाठीले- यसमा भएका निबन्धहरू शोध र समीक्षाको मीठो संगम जस्ता भएका छन्- इत्यादि भनेर सह्राएका हुनन्।  

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०३६
प्रकाशक : जगदम्बा प्रकाशन, ललितपुर
भागहरु
Buki_Sun अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 8 910 11 12 13 14 15 
75 मध्य 41 देखि 45 सम्म देखाउदै।