Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 7 89 10 11 12 13 14 15 
75 मध्य 36 देखि 40 सम्म देखाउदै।
book
नेति नेति

मेरो ‘बिर्सेको सम्झेको’ (२०४०) जसरी आत्मकथा नभैकन पनि मेरो बाल्यकालदेखि किशोरावस्थासम्मको इतिवृत्त हुनपुगेको थियो, त्यस्तै गरेर यो किताप अनायास मेरो प्रौढ जीवनको गाथा भैदिएको छ। वास्तवमा यसलाई ‘बिर्सेको सम्झेको’ को भाग दुई भनिदिए पनि हुन्छ! यसमा अरू कुरा त जे छन् छन् नै, तर २०२१ सालमा ‘रूपरेखा’ को संस्मरण अंकमा मैलेद लेखेको बालचन्द्र प्यालेसमा मैले विदेशी रक्सीको ‘दोहोलो’ गरेको कथा पनि यसमा समावेस छ, “एक जुगको कुरो”। निकै ऐतिहासिक लाग्छ मलाई त्यो निबन्ध।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५४
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Neti Neti अनलाईन हेर्नुस
 
 
book
पर्खंदै बित्ला कि !

दोस्रो किताप प्रकाशित भएको ९ वर्षपछि मात्र यो मेरो तेस्रो पुस्तक प्रकाशित भएको हो। मपुपु-मा भएका पुस्तक र पत्रपत्रिकाहरूको अध्ययन गर्दै जाँद नौला र अनौठा कुराहरू फेला परे।तिनलाई नै विषय बनाई निबन्धहरू लेख्दै म तिनलाई त्यसबेला निक्लने पत्रपत्रिकामा प्रकाशित पनि गर्दै जान थालेको थिएँ।त्यसरी जम्मा भएका १३ ओटा निबन्धहरूको बिटो बनाई मैले यो संग्रह निकालेको हुँ २०२६ मा।विषय चयनका हिसाबले यी निबन्धहरू केही नौला खालका छन्, अलि साहित्यिक समालोचना जस्ता पनि।   

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०२६
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Parkhadai Bitla ki अनलाईन हेर्नुस
 
 
book
प्रगति लेख सुची

Pragati Lekhak Suchi

पुस्तक लेखक : धेरै
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Pragati Lekhak Suchi अनलाईन हेर्नुस
 
 
book
प्रियदर्शिका नाटिका

Priyadarshika natika

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Priyadarsika natika अनलाईन हेर्नुस
 
 
book
बत्तीस सालको रोजनाम्चा

“बत्तीस सालको रोजनाम्चा”।  १९३२ सालमा महाराज जङ्गबहादुरले काठमाण्डूबाट नेपालको पश्चिम सीमाना महाकालीसम्म यात्रा गरेका थिए। कारण थियो बेलाइतका राजकुमार एडवार्ड‘ प्रिन्स अफ वेल्स’  नेपालको तराईमा शिकार खेल्न आउँदै थिए। त्यो पूरै यात्राको रोजरोजको विवरण  लेखेको एउटा कापी मेरो हात पर्‍यो र त्यो मैले मेरो पत्रिका त्रैमासिक ‘नेपाली’मा धारावाहिक गरेर संपूर्ण छापिदिएँ पछि त्यसैलाई जगदम्बा प्रकाशनको प्रकाशनमालामा समेत हालिदिएँ २०२३ सालमा। त्यसमा मैले सानो प्रकाशकीय र प्राक्कथन पनि लेखेको छु।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Battis Salko Rojanamcha अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 7 89 10 11 12 13 14 15 
75 मध्य 36 देखि 40 सम्म देखाउदै।