Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 5 6 78 9 10 11 12 13 14 15 
75 मध्य 31 देखि 35 सम्म देखाउदै।
book
डा. सुर्यप्रसाद

“डा. सूर्यप्रसाद”।  ४८ पृष्ठको सानो र अधूरो यस उपन्यासमा मैले जस लिनुपर्ने कुनै कारण छैन। जस दिनुपर्ने पारसमणि प्रधानलाई  हो। किनभने २०३६ सालमै मैले लेखेको रहेछु ”परसमणिज्यूले रजिस्टरी गरी यौटा पुलिन्दा मलाई पठाउनुभयो, खोलेर हेरें ‘डा. सूर्यप्रसाद उपन्यास’! अनि टाउकैमा राता अक्षरमा यस्तो लेखिएको- ‘स्व. पद्मनाभ सापकोटाको अधूरो उपन्यास, संपादक नेपालीको सेवामा प्रकाशनार्थ प्रेषित। पारसमणि प्रधान २५-६-७९’ आफूले त्यत्रो श्रद्धासाथ जोगाइराखेको चीज यसरी आर्कालाई पठाइदिनुमा पनि प्रधानज्यूको साहित्यप्रेम नै टडकारो भएर देखा पर्छ। नेपाली कवि लेखहरूको कीर्ति लोप हुन नदिने प्रधानज्यूको यो सत्प्रयास अनुकरणीय छ”।  मैले त्यस उपन्यासलाई ‘नेपाली’मा छापिदिएँ, अनि त्यसैको प्रिन्ट बनाएर पुस्तक तयार पारिदिएँ, त्यत्ति हो।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Dr suryaprasad अनलाईन हेर्नुस
 
 
book
तीन झलक

“तीन झलक”। २५ पेजको मेरो यो सानो गुटिका जस्तो कितापमा २०४३ वैशाख २९ गतेको मिति पारेर प्रकाशक वासुदेव शर्मा (हास्य व्यंग्यकार) लुइँटेलले आफ्नो ६ लाइनको प्रकाशकीयमा यत्ति मात्र लेखेका छन् “ ’बाघ पञ्जा’ सालतमामतिर मात्र निस्कने छाँट छ।त्यसमा परेका बी.पी. सम्बन्धी तीनोटा लेख “तीन झलक “ लाई सालको शुरुमै निकाल्न – ठूलो बसलाई मिनी बसले उछिन्न—लेखकसँग अनुमति लिएको छु। किन यसो गरेको भन्ने लाग्छभने किताप पढिहाल्नोस्!” प्रकाशकले भनेजस्तै मेरो “बाघपञ्जा”कै ३ ओटा मात्र निबन्ध छानेर उनले यो पुस्तिका छपाइदिएका हुन्। उस बेला ‘अत’ (अराष्ट्रिय तत्व) मानिने बी.पी. माथि आफ्नो श्रद्धा देखाउन उनले त्यसो गरेका हुन् जस्तो लाग्छ। उनले भनेका थिए “कमलबाबु, यी तीन निबन्धमा तपाईंले बी.पी. का सारै अन्तरङ्ग कुराहरू लेख्नुभएको छ बीपीका मानवीय पक्षका। यिनलाई त प्रकाश गरिहाल्नु पर्छ”।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४२
प्रकाशक : वासुदेव शर्मा लु
भागहरु
Tin Jhalak अनलाईन हेर्नुस
 
 
book
थाहा छैन

भूमिका लेखक शरच्चन्द्र भट्टराईले “‘थाहा छैन’ भन्ने पाकताउलीमा भएका चीज को ‘मेनू’” भनेर यस्तो तेरीज कसेका छन्: ८ अन्तर्वार्ता, २ चिठी, ३ कार्यपत्र, २ भाषण, ३ संस्मरण, १ भूमिका, २ शब्द प्रविष्टि र ४ खोजीपरक लेख। “थाहा छैन” भन्ने मेरो २०५२ सालमा प्रकाशित किताप वास्तवमा त्यत्ति नै हो। हो, यौटा अलि राष्ट्रिय महत्वको कुरा यल्ले बताएको छ, शोधखोज नगरीकनै, मेरो सम्झनाको भरमा। त्यो हो नेपाल बैंकको ‘लोगो’ (प्रतीक चिन्ह) को निर्माणको इतिहास। भनेको छ त्यसमा निर्माता हुन् कवि बालकृष्ण सम!

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५२
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Thaha Chhaina अनलाईन हेर्नुस
 
 
book
ध्रुव चरित

“कवि हरिदासको ध्रुवचरित्र”।  १९२८ सलमा जन्मेका कुनै एक जना  हरिदास भन्ने मान्छेले लेखेको ४२ श्लोक मात्र भएको लेखोट फेला पारेर मैले त्यसलाई पुस्तकालयमा राखेको थिएँ। २०१५ सालमा त्यसलाई लामो भूमिका लेखेर  जगदम्बा प्रकाशनमालाको दोस्रो ग्रन्थ बनाई प्रकाशित गरेको हुँ। त्यस भूमिकाको “जगदम्बाशतक” भन्ने कितापमा (पृ. ३) निकैप्रशंसा गरेका छन्।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Dhruba Charit अनलाईन हेर्नुस
 
 
book
नूनको खोजीमा

म साल्ट ट्रेडिङ कर्पोरेसन भन्ने एउटा व्यापारी कम्पनीमा शेयरवालाहरूका तर्फबाट संचालक समितिमा सदस्य निर्वाचित भएको थिएँ। कम उमेरको भए पनि अलि ‘पढेलेखेको’ भनेर मलाई निकै महत्व दिन्थे त्यहाँ। भारतको राजस्थान र गुजरातका नून ल्याएर जनतालाई खुवाउने बाहेक हामीले स्वदेशकै नूनको पनि उत्थान गर्नुपर्छ भन्ने मेरो जोडले साल्ट ट्रेडिङले एक पटक मुस्ताङमा नूनको संभाव्यता अध्ययन गर्ने जमर्को गर्‍यो २०४१ सालमा। यौटा टोली नै त्यता गयो। म पनि सम्मिलित थिएँ त्यस टोलीमा। त्यसैको विवरण हो यो मैले लेखेको र साल्ट ट्रेडिङले प्रकाशित गरेको २०४२ सालमा।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४१
प्रकाशक : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
भागहरु
Nunko Khojima अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 5 6 78 9 10 11 12 13 14 15 
75 मध्य 31 देखि 35 सम्म देखाउदै।