![]() ![]() |
पाना नं.
1 2 3 4 5 67 8 9 10 11 12 13 14 15 75 मध्य 26 देखि 30 सम्म देखाउदै। |
![]() जंगबहादुरको बेलायत यात्रा १६८८
२०१४ सालमा मदन पुस्कार पुस्तकालयले प्रकाशित गरिदिएको यो मेरो पैलो संपादित कृति हो। पछि एक संस्करण यसलाई जगदम्बा प्रेशले पनि प्रकाशित गर्यो तर त्यसपछि भने यसको प्रकाशनको जिम्मा साझा प्रकाशनले लिएको छ। यसको पाँचौ संस्करण प्रकाशित हुँदै छ भन्ने सुनेको छु। २०१४ सालको पहिलो संस्करणपछि यसमा हरेक संस्करणमा केही थपथाप भएरै आएको छ। ह्वेलपटन भन्ने अंग्रेजले यसको अंग्रेजीमा अनुवाद पनि गरेको थिहो, केही वर्षअघि।
पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : मदन पुरस्कार पुस्तकालय, श्रीदरवार, पुलचोक भागहरु
![]() जङ्कु प्रसङ्ग
Janku Prasanga
पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६४ प्रकाशक : जगदम्बा प्रकाशन भागहरु
![]() जोगी तरकारी
२०५५ सालमा छापिएको यो किताप श्यामप्रसाद शर्माको भूमिका बोकेर आएको छ। यसलाई उहाँले ‘स्वादिलो र गुनिलो जोगी तरकारी’ भन्नुभएको छ। यसमा मेरा जम्मा २२ ओटा निबन्ध परेका छन्। र ती सबैजसो कुनै न कुनै दिवङ्गत व्यक्तिको गुणको बखान गर्नमै लागेका छन् भने हुन्छ। तर, रानी जगदम्बाका विषयमा लेख्दा भने मैले आफ्ना कुरा नगरी अरूले उहाँलाई कसरी देखे र लेखे भन्नमै सीमित छु। आफूलाई राजा महेन्द्रले पुस १ गतेको ‘कू’ बाट अपदस्त गराउने ठीक एक हप्ता अगाडि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले हस्ताक्षर गरेर रानी जगदम्बालाई बुझाएको ‘गुणानुवादपत्र’ यस संग्रहमा सबभन्दा महत्वपूर्ण लाग्छ मलाई।
पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५५ प्रकाशक : जगदम्बा प्रकाशन भागहरु
![]() ज्यूँदा कुरा
२०४५ साल भदौ २५ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रजत जयन्तीका अवसरमा त्यही कंपनीले प्रकाशित गरिदिएको हो यो किताप। त्यस कंपनीका उपाध्यक्ष भएका नाताले मैले प्रत्यक्ष या परोक्ष रूपमा कंपनीका लागि गरेका कामहरू, भ्रमणहरू बारेमा समय समयमा लेखेका निबन्धहरू नै समेटिएका छन् र यसमा छोटो भूमिका नेपाल-अध्येता लेखक\प्रशासक जीतबहादुर मानन्धरले लेख्नुभएको छ।
पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४५ प्रकाशक : साल्ट ट्रेडिङ कर्पोरेशन लि भागहरु
![]() झुसी र निम्ठो
१७ ओटा मेरा निबन्ध बोकेर आएको त्यसको पाण्डुलिपी हेरेर नै डा. माधवप्रसाद पोखरेलले मलाई सर्काएर र फुर्काएर” भन्नुभएथ्यो “मर्न लागेका थिए यी दुवै शब्द, तपाइंले बिउँताइदिनुभएछ!”। म झन् फुलिहालेथें। कुनै नियात्रा, कुनै व्यक्ति-चित्र र कुनै चाँहि नितान्त आत्मपरक र आत्मकेन्द्रित निबन्धहरू छन्, अनुसन्धान या खोजखाजका रचना यौटै पनि छैनन् यसमा। ‘झुसी र निम्ठो’ भन्ने त्यो निबन्ध भने समालोचनात्मक हो। दार्जीलिङतिर यी शब्द बुझ्ने मान्छे अब पाइन छाडेछन् भन्ने चर्चा गरिएको छ त्यसमा।
पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६१ प्रकाशक : जगदम्बा प्रकाशन, श्रोदरबारटोल, ललितपुर भागहरु
|
||||||||||||||||
पाना नं.
1 2 3 4 5 67 8 9 10 11 12 13 14 15 75 मध्य 26 देखि 30 सम्म देखाउदै। |