Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 4 56 7 8 9 10 11 12 13 14 15 
75 मध्य 21 देखि 25 सम्म देखाउदै।
book
चमकदार तारा

भारतीय सेनाका क्याप्टेन जनकबहादुर राणालाई मैले दिएको विशेषण हो चमकदार तारा भन्ने। त्यसै नामको मेरो निबन्धबाट यस कितापको नामाकरण गरिएको छ। २०६८ सालको प्रकाशन हो यो र यसमा भूमिका डा. सुकुम शर्माले लेख्नुभएको छ। क्याप्टेन जनकबहादुरझैं अरू ३१ जनाको गुणानुवाद गरेको छु मेले यस कितापमा। मैले चर्चा गरेका ती बत्तीस जनामध्ये अधिकांश नेपाली भाषाका सेवक या कविलेखक छन् तापनि केही अरू समेत परेका छन्। अलिकति भाषाचर्चा पनि छ यसभित्र। डा. सुकुमले यसका बारेमा यस्तो लेख्नुभएको छ:.”दीक्षित चमकदार तारामा गुणको महानता, सज्जनता, सांस्कृतिक अर्थबोध सहित परम्पराको निरन्तर प्रवाह देख्छन्“।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६८
प्रकाशक : जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर
भागहरु
Chamakdar Tara अनलाईन हेर्नुस
 
 
book
चार कन्था

आफ्नो अग्रज “कागतीको सिरप” र अनुज “किताप पनिशाखा सन्तान” (२०६१) जस्तै यो किताप पनि समग्र ने ‘गोरखापत्र’ मा समर्पित छ,। भन्नाले ‘गोरखापत्र’ को अध्ययन र अन्वेषण गर्नरे मे सीमित छ। तर, त्यसो गर्दा साधारणत: अरूका आँखा नपर्न मसीना मसीना कुराको पनि विश्लेषण गरिएका छन् तिनमा। ‘गोरखापत्र’ या ऐलेको ‘गोरखापत्र कर्पोरेशन’ का बारेमा कसैले शैक्षिक शोधखोज गर्न चहन्छ भने यी तीनोटा कितापको अध्ययन नगरी या सहयोग नलिई त्यो सम्भव हुने छैन’।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५३
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
चार कन्था अनलाईन हेर्नुस
 
 
book
छन्दका १०१ कविता (3rd edicition)

“छन्दका १०१ कविता” र “छन्दका छहरा” यी दुवै किताप रातो बङ्गला स्कूलका साना साना विद्यर्थीहरूका लागि सङ्कलित गरिएका हुन्। विद्यार्थीहरूलाई नेपाली छन्द कविता-पाट गर्न सिकाउँदा पाठय सामग्री जम्मा गर्ने सन्दर्भमा यी किताप तयार भएका हुन्। त्यसमा मेरो अलिकता हात रह्यो। त्यत्ति हो। त्यसभन्दा बढी यसमा मैले जस पाउनुपर्ने क्यै गरेको छैन।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : रातो बङ्गला किताब
भागहरु
छन्दका १०१ कविता भाग १ अनलाईन हेर्नुस
छन्दका १०१ कविता भाग २ अनलाईन हेर्नुस
छन्दका १०१ कविता भाग ३ अनलाईन हेर्नुस
छन्दका १०१ कविता भाग ४ अनलाईन हेर्नुस
छन्दका १०१ कविता भाग ५ अनलाईन हेर्नुस
 
 
book
जंग-गीता

महाराज जङ्गबहादुरका विषयमा नेपालमै पाइएका मौलिक अभिलेख-सामग्रीहरू प्रयोग गरी लेखिएका मेरा २०\२२ ओटा ऐतिहासिक लेख निबन्धहरूको सँगालो हो यो पुस्तक। २०४० सालमा प्रकाशित भएदेखि नै यसको चर्चा परिचर्चा निकै भैरहेछ। किनभने जङ्गबहादुरका बारेमा यति धेरै सत्य तथ्यहरू यसअघि कतै उपलब्ध थिएनन्। यसको भूमिकामा स्वयम् इतिहासकार सूर्यविक्रम ज्ञवालीले भन्नुभएको छ “..जङ्गबहादुरका चरित्रको मूल्याङ्कन गर्न खोज्ने इतिहासकारलाई धेरै सहयता पुग्नेछ।यो पुस्तकका विद्वान् लेखकले इतिहासको क्षेत्रमा अनुसन्धान गर्ने व्यक्तिका हातमा ठूलको साधन पारिदिनुभएको छ”। 

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४०
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Janga Gita अनलाईन हेर्नुस
 
 
book
जंगबहादुरको बेलाईती कापी

वास्तवमा नै बेलाइतबाट ल्याइएको यौटा ‘लेदरबाउन्ड’ (छालाले मोरेको गाता भएको) फुल्सकेप साइजको लेख्ने कापी हो यस कितापको कभरमा डिजाइन गरिएको चित्र। र भित्रपट्टि पनि राम्रा हाते-लेखोट स्क्यानिङ गरेर छापिएका २२७ पृष्ठ पढ्न पाइन्छन् यो कितापमा। जगदम्बा प्रकाशनमालाको १११रौं ग्रन्थ भएर निस्केको थियो यो  किताप। यसमा मेरो आफ्नो भन्नु चाँहि उक्त बेलाइती कापीभित्रका सामग्रीमध्ये केही विषयहरूमा मैले गरेका विश्लेषण या टिप्पणीहरू मात्र हुन्। जम्मा २४ ओटा लेखोट छन् मेरा यसमा। ती २४ मध्ये १२ ओटा त “हिमाल खबरपत्रिका” मा पाक्षिक स्तम्भका रूपमा प्रकाशित पनि भैसकेका हुन्। यसको गहकीलो परिचय या भूमिका ‘हिमाल खबरपत्रिका’ का पूर्व संपादक राजेन्द्र दाहालले लेखिदिनुभएको छ। हस्तलिखित खण्डमा चाँहि जङ्गबहादुर महाराजले आफ्ना साथ राख्न भनी लेखाई जम्मा गराएका विभिन्न प्रकारका नेपाल भित्र र बाहिरका सूचना र तथ्याङ्कहरू भरिएका छन्। नेपालको राजनीतिक इतिहास लेख्न खोज्नेलाई धेरै काम नलागे पनि ती तथ्याङ्कहरू नेपालबारे  भने अव्वल सूचनामूलक नै छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६४
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Jangjbahadurko Belaeti Kapi अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 4 56 7 8 9 10 11 12 13 14 15 
75 मध्य 21 देखि 25 सम्म देखाउदै।