Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 3 45 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 16 देखि 20 सम्म देखाउदै।
book
गुरुदक्षिणा

डा. ज्ञानु पाण्डेले ‘मन्तव्य’ भनेर भूमिका लेखेको यो किताप २०६२ मा प्रकाशित भएको हो। ९३ पृष्ठको यस कितापमा छोटाछोटा २८ ओटा लेखोट या निबन्धहरू छन्।  विषय भने यसमा विविध छन्। कुनै कोही व्य्किका बारेमा छन् कुनै ठाउँका बारे। कुनै निबन्ध त अझ एउटा शब्द या अक्षरको मात्र चर्चा गरेर पनि टुङ्गिएका छन्। अनौठै जमघट छ यसबा विषय अथवा विधाको।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६२
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Gurudakshina अनलाईन हेर्नुस
 
 
book
गुरुभेटी महाकविमा

यो किताप पनि २०६६ सालमै प्रकाशित भएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशतवार्षिकीको अवसर पारेर मैले पनि उहाँमाथिको आफ्नो श्रद्धा प्रकट गर्न यो सँगालो निकालेको हुँ। यो पुस्तक मदन पुरस्कारले प्रकाशित गर्‍यो मपुगु र मपपु जोडिएर। दुईतिरका सदस्य सचिवहरू कुन्द दीक्षित र कनक दीक्षितले संयक्त रूपमा यसलाई “महाकविमा समर्पण” गरेका छन्। यस कितापमा मैले केही नयाँ लेखेको छैन, केवल मेरा पैले अरूतिर प्रकाशित भैसकेका लेखहरू मात्र समेटिएका छन।  थपमा यस कितापमा मैले खिचेका महाकविका ४\५ ओटा फोटोहरू छापिएका छन्। यसको भूमिका चाँहि अच्युतरमण अधिकारीले लेख्नुभएको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६६
प्रकाशक : मदन पुरस्कार पुस्तकालय,पाटनढोका, ललितपुर
भागहरु
Guru Bheti अनलाईन हेर्नुस
 
 
book
गोरखापत्र १०० बर्षका १०१ कथा

Gorkhapatra 100 Barshaka 101 Katha

पुस्तक लेखक : कमल दीक्षित, शिव रेग्मी, शिव प्रसाद भट्टराई
प्रकाशक : गोरखापत्र संस्थान, धर्मपथ, काठमाण्डौं
भागहरु
Gorkhapatra 100 Barshaka 101 Katha अनलाईन हेर्नुस
 
 
book
चढाइ गर्ने आँखाले

७१ पृष्ठको यो पुस्तक वास्तवमा मैले लेखेकै होइन, खोजेको र संपादनसम्म गरेको हुँ।यो लामो “जाहेरी” कर्णेल गङ्गाबहादुर बस्नेतको हो, उनले महाराज चन्द्र समशेरलाई चढाएको। भोट अर्थात् तिब्बतको सामरिक स्थिति के कस्तो भनी जाँच्न बुझ्न खटिएका उनले सक्दो मेहनत गरी यो प्रतिवेदन तयार पारेको देखिन्छ। १९८० सालको आसपास ल्हासामा केही नेपाली बेपारीमाथि कुटपीट लुटपाट भएको थियो। त्यसमा भोट र नेपाल सरकारको कुरा बिग्री युद्धको स्थिति आइपुगेछ।त्यसमा महाराज चन्द्रशमशेर भोटमाथि सैनिक कारवाई या आक्रमण गर्ने सोचमा पुगे र त्यसैको तयारीका लागि चियोचर्चो गर्न केही अफिसरहरू खटिए। तीमध्ये एक जना यी गङ्गाबहादुर रहेछन्। उनको त्यो जाहेरी मैले भेट्टाएँ मपुपु-मा र त्यसमा आफूले पनि केही शोधखोज गरी यौटा लामो उपोद्घात सहित मैले त्रैमासिक “नेपाली”मा एक लेख प्रकाशित गरेको थिएँ। त्यसैलाई कितापको रूपमा पनि छापिदियो ‘नेपाली’ ले २०३७ सालमा। यो त्यही किताप हो।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०३७
प्रकाशक : मदन पुरस्कार पुस्तकालय,श्रोदरबारटोल, ललितपुर
भागहरु
chadhai garne aankhale अनलाईन हेर्नुस
 
 
book
चन्द्रज्योति

माथि नं.१० मा ‘जङ्ग-गीता’का बारेमा लेखिएकै कुरालाई ऐजन ऐजन भन्नु पर्नेछ मैलै यस कितापका विषयमा लेख्दा पनि।यी दुवैको पैष्ठभूमि उही हो। स्रोत उनै हुन् चर्चित व्यक्ति पनि उस्तैउस्तै हुन्, दुवै नेपालका महाराज हुन्, श्री३ र काकाभतीजा! ऊ जङ्गबहादुरका बारेमा थियो, यो चन्द्रशमशेरबारेमा। ‘जङ्ग-गीता’ छापिएको एक वर्षपछि नै निस्केको थियो यो २०४१ सालमा। यसका भूमिका लेख चाही अर्कै थिए वामपन्थी चिन्तक विद्वान् गोविन्दभट्ट। उनको ‘चन्रज्योति’ माथिको टिप्पणीको सारांश थियो”...निकै मात्रामा श्री कमल दीक्षितका व्याख्या र विश्लेषणहरूबाट वा इतिहासलाई हेर्ने वहाँको दृष्टिकोणबषाट असहमत भए पनि यस कृतिको प्रकाशनमा उहाँले देखाउनुभएको साहस तथा परिश्रम अनि यसमा संग्रह गरिएका दस्तावेजहरूको सारतत्वलाई अस्वीकार गर्न सकिन्न।“

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०४१
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Chandra Jyoti अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 3 45 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 16 देखि 20 सम्म देखाउदै।