Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 2 34 5 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 11 देखि 15 सम्म देखाउदै।
book
कमल पुराण

“कमल पुराण”। भारतबाट प्रकाशित यो मेरो एउटै मात्र पुस्तक हो। कालेबुङको ‘साहित्य प्रकाशन परिषद्का पक्षमा रत्न उपासकद्वारा प्रकाशित’। कुमार छेत्रीले यस कितापको भूमिका लेख्दा भन्नुभएको छ “भाञ्जो कमल दीक्षितले अस्ति यहाँको कार्यक्रममा माइकबाट ठाडै भन्नुभयो ‘कालिम्पोङ मेरो मावली, मलाई दक्षिणा दिनुपर्छ’। हामीलाई आपद् पर्‍यो। उहाँजस्तालाई दिनसक्ने दक्षिणा कालिम्पोङवासीकहाँ के होला? ... दीक्षितज्यू स्वयंले दुःख गरेर लेखी स्नेहपूर्वक दिनुभएको ‘कमल पुराण’ छापिदिनुलाई दक्षिणा दिएको भन्ने आँट गर्न सकिएला? कुन्नि!”। सन् २००७ मा प्रकाशित यसमा पनि मेरा अरू कितापमा झैं पहिले अन्यत्रे छापिइसकेका २३ ओटा निबन्धहरू समेटिएका छन्, अरू विशेषता क्यै छैन। त्यसै हुँदा यो पुस्तक कालेबुङवासीले कत्तिको मन पराए, कति जनाले यो पढे, भारतमै यो कति बिक्यो या बिकेन, त्यो मैले केही भेउ पाएको छैन। नेपालमा त यो आउँदै पनि आएन जस्तो लाग्छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६४
प्रकाशक : साहित्य प्रकाशन परिषद्
भागहरु
Kamal Puran अनलाईन हेर्नुस
 
 
book
कागतीको सीरप

यो ‘गोरखापत्र’ संग मात्र सम्बन्धित पुस्तक हो। २०१३ साल देखि नै प्रत्येक वर्ष वैशाख २४ गते निस्कने गोरखापत्रको जन्मजयन्ती अंकमा मैले यौटा निबन्ध लेख्नै पर्ने नियम बाँधिदिनुभयो त्यसका ‘संपादकबाजे’ प्रेमराजले। त्यो किनभने मलाई उहाँले “गोरखापत्रको पुरेत” भन्ने उपाधी दिनुभएको थियो। कारण थियो- गोरखापत्रको जन्मदिनको गते तारीख इत्यादि खोजेर पत्ता लगाइदिने मान्छे म नै थिएँ! यस कितापमा पनि  मेरा १२ ओटै निबन्ध छन्। २०२६ मा पहिले छापिएको यसको दोस्रो संस्करण २०५२ सालमा मात्र भयो। त्यस संस्करणमा भने गोरखापत्र संस्थानका तत्कालीन अध्यक्ष रामचन्द्र मलहोत्रले लेखेको यौटा लेख पनि भूमिकाको रूपमा हालिएको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०२६
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
kagatiko Sirapa अनलाईन हेर्नुस
 
 
book
कालो अक्षर

‘यस्तो पनि’  निस्किएपछि मेरो निकै चर्चा भयो। त्यसले मलाई अर्को त्यस्तै किताप निकाल्ने हौसला आयो र अरू १२ ओटा निबन्धहरू बटुलेर २०१७ सालमा यो किताप प्रकाशित भयो। यसलाई उसबेला मैले “यस्तो पनि’ कै दोस्रो भाग माने पनि हुन्छ” भनेको रहेछु। तर यसमा समेटिएका निबन्धहरू उसमा भन्दा अलि नौलो स्वादका छन् भन्ने मलाई लाग्छ। यस कितापका ४\५ कति हो संस्करण निस्किसकेका छन्। पैले यो जगदम्बा प्रकाशनमालाको आठौं ग्रन्थ भएर निस्केको थियो।ऐले साझा प्रकाशनले निकाल्ने गरेको छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०१७
प्रकाशक : साझा प्रकाशन
भागहरु
Kalo Akshera(2nd Edition) अनलाईन हेर्नुस
 
 
book
खुर्पाको बिँड

इतिहासकार, डा. त्रिरत्न मानन्धरको भूमिका बोकेर आए पनि र पूरापूरै खोजखाजका कुराले भरिए तापनि भए तापनि  यो किताप इतिहास भने होइन। सामाजिक इतिहास लेख्न यसमा भएका सामग्रीहरूले अवश्य मदत गर्लान् तर आफै यसले इतिहास बोल्दैन। उदाहरणार्थ: यसमा भएको यौटा निबन्ध ‘चाँदी र गान्धी’ नै लिउँ। त्यसमा दिएको तथ्याङ्कबाट एक जना राणा प्रधानमन्त्रीकी महारानीको घरमा चाँदीका भाँडाकुँडा कतिसम्म हुँदा रहेछन् र तिनको उपयोग कसरी हुँदो रहेछ भन्ने भेउ त पाइन्छ। भए पनि आफैमा त्यो इतिहास होइन। सामाजिक इतिहास लेख्ने हो भने ती कुरा निकै कामलाग्दा हुन्छन्। भनिरहनु पर्दैन। जगदम्बा प्रकाशनमालाको ११३रौं ग्रन्थ भएर २०६६ सालमा निक्लेको यस कितापमा प्रकाशकीय दीपक अर्यालले लेखेका  छन्।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६६
प्रकाशक : जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर
भागहरु
Khurpako-Bid अनलाईन हेर्नुस
 
 
book
खोक्रो कल्ली

यो किताप आफ्ना जेठा दाजुहरू, ‘यस्तो पनि’ र ‘कालो अक्षर’ जस्तै १२ ओटा मात्र निबन्ध बटुलेर निस्केको छ र यसका सबै निबन्धहरू अनुसन्धानात्मक नै छन्, धेरै जसो ‘गोरखापत्र’ सँग सम्बन्धित र केही भने राणा प्रधानमन्त्रीहरूसँग जोडिएका छन्। ऐतिहासिक विषयका भएकाले यी निबन्धहरू मेरा अरू कितापका जस्ता रसिला छैनन् भनेर यसमा भूमिका लेख्ने दिनेशराज पन्तले व्यङ्ग्य गर्नुभएको छ। यसरी: “कमल दीक्षितका लेख अत्यन्त रसिला हुन्छन्।...सामग्रीका दृष्टिले महत्वपूर्ण यो ग्रन्थ पनि यसमा अपवाद छैन तापनि उहाँका अरू रचनाका अनुपातमा यो ग्रन्थ त्यति रसिलो नभएको अनुभव मलाई भइरहेको छ। यो ग्रन्थ त्यति रसिलो नभएकै हुनाले रसविहीन, शुष्क दिनेरराजको हातबाट मनतव्य लेखिने तारतम्य जुटेको हो कि?”

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५७
प्रकाशक : जगदम्बा प्रकाशन, श्रोदरबारटोल, ललितपुर
भागहरु
खोक्रो कल्ली अनलाईन हेर्नुस
 
 
पाना नं. 1 2 34 5 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 11 देखि 15 सम्म देखाउदै।