Kamalmani
Kamalmani_nepali1376830032

म कमल दीक्षित । यो मेरो साहित्यिक नाम हो । मेरो पूरा नाम चाहिं कमलमणि आचार्य दीक्षित । मैले केही कितापहरू लेखेको छु, केही संपादन गरेर पनि प्रकाशित गरेको छु साथी भाईले कैले, र कैले भने चिन्दै नचिनेका मान्छेले पनि मलाई मैले लेखेका कुराहरू बारे सोध्ने गर्छन् । आफैले लेखेका कुरा पनि सँधै सबै सम्झन सकिदैन र अलमल्ल पर्नुपर्छ । ४०/५० वर्ष अगाडि प्रकाशित भएका कतिपय पुस्तक पनि बजारमा उपलब्ध छैनन् । त्यसै हुँदा मेरा विषयमा सबै कुरा एकै ठाउँमा जान्न पाइयोस् र मैले लेखेका कुराहरू पनि एकै थलामा फेला परून् भनेर यो वेब-साइटको परिकल्पना गरिएको हो । मेरा बारेमा जान्नुपर्ने, बुझ्नुपर्ने यावत् कुरा यसमा राखिदिने मेरो उद्देश्य हो । मैले लेखेका र प्रकाशित गरेका बस्तुहरू पढ्न पनि कसैलाई कतै भौंतारिनु नपरोस् भन्ने पनि उद्देश्य राखिएको छ ।